२२ माघ, काठमाडौं । नेपालमा बिहीबार थप १७१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।
त्यस्तै काेराेना भाइरसका कारण थप २ दुई जनाको ज्यान गएको छ । यो संगै नेपालमा काेराेना भाइरसका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३३ पुगेको छ ।
नेपालमा थप २२७ जना संक्रमणमुक्त हुँदा हालसम्म २ लाख ६७ हजार २९२ जना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा हाल २२ सय ७७ जना आइशोलेशनमाा छन् भने ९२ जना क्वारेन्टाइनमा छन् ।
त्यस्तै २० लाख ८५ हजार ५७३ वटाा पीसीआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।












