एन्जीला श्रेष्ठको ‘तिमीलाई देखे देखि ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो एम बी क्रियशन युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
श्रोताले निकै मन पराएको यस गीतमा एन्जीला श्रेष्ठको स्वर तथा रबिन्द्र श्रेष्ठको शब्द ,सङ्गीत रहेको छ । भिडियोमा कलाकार मिहिर के सी र कविता चापागाईंको अभिनय देख्न सकिन्छ ।
मनोज विष्टको निर्देशनमा रहेको भिडियोलाई राम कुमार केसीले छायांकन गरेका छन् । जीवित महर्जनले एरेन्ज गरेको गीतमा टेकेन्द्र शाहले सम्पादन गरेका छन् । यस भिडियोलाई एम बी क्रियशनले दर्शक माझ ल्याएको छ ।
[sidebar name="button post"]









