जिवेस र भीमको दुई दिने माया

काठमाडौं । युवा पुस्ताले निकै नै रुचाएकी गायिका मेलिना राई र गायक टेकेन्द्र शाहको स्वरमा रहेको नयाँ गीत ‘दुई दीने माया’ म्युजिक भिडियो ईनाक्षी इन्टरटेमेन्टबाट सार्वजनिक भएको २ दिन भइसको छ ।

उक्त गीत अहिले युट्युबको ट्रेन्डिङ नम्बर ३० मा बस्न सफल भएको छ। गायक भीम बिष्टको शब्द र संगीत रहेको गीतमा जिवेस गुरुङ, गीता ढुंगाना ,भीम विष्ट नाग्मा श्रेष्ठ र रत्न डङ्गोलसँगै बाल कलाकारमा देवासी आर एल शाहको अभिनय रहेको छ l

गायक बिष्टले यो भन्दा पहिला ‘मिनिरल वाटर’ र ‘चम्चा पिलेट’ गीतबाट निकै राम्रो प्रतिक्रिया पाएपछि, बिष्टले फेरी फरक खालको भिडियो बजारमा ल्याएका छन्। ‘तपाइँहरुले जसरि ‘मिनिरल वाटर’ र ‘चम्चा पिलेट’ लाई रुचाइ दिनु भएको थियो, उसैगरि यो गीतलाई पनि रुचाउनु हुन्छ भने पुरा बिश्वास गरेको छु’ भनेर उनले एक अन्तरबार्तामा भनेका छन् ।

रिकेश गुरुङले एरेन्ज गरेको भिडियोलाई दीपेन्द्र शाही ठकुरीको कोरियोग्राफी गरेका छन् l पवन सुस्लिङद्वारा छायांकन गरेको भिडियोलाई गायक टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने गायक शाहले नै निर्देशन गरेका छन् l

हेर्नुहोस् भिडियो :

[sidebar name="button post"]