पशुपति र देवीले ल्याए फेरी नयाँ गीत ‘भूकम्प सचेतना’

काठमाडौं। लोकसर्जक डा शिव सुवेदीको ‘भूकम्प सचेतना’ गीत सार्वजनिक भएको छ । उक्त गीत शिव सुवेदीकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ  ।
भूकम्पको जोखिमबाट बच्चे उपायका बारेमा गीतमा  सन्देश दिन खोजिएको छ ।  डा शिव सुवेदी शब्द रहेको गीतमा गायक पशुपति शर्माले संगीत भरेका छन् भने गायक पशुपति शर्मा र देवी घर्तीले स्वर रहेको छ ।
गीतमा केशव बधुले सङ्गीत संयोजन गरेका छन् । भिडियोमा गायक शर्मा, गायिका घर्ती र शेर साउदले अभिनय गरेका छन् भने केहीलाई विद्यार्थीका रुपमा रुपमा देखाइएको छ ।
भिडियोमा २०७२ को भूकम्पको दृश्यदेखि धरहरा र अन्य स्थलको पुनःनिमार्णको अवस्थालाई पनि देखाइएको छ । भूकम्पबाट जोगिने विभिन्न उपायमा अधारित गीतसहितको भिडियोले भूकम्पीय जोखिम न्यूनीकरण गर्नमा मद्दत गर्ने देखिन्छ ।
कारण चैसिरद्वारा छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई बिनोद भण्डारीले निर्देशन गरेका छन् ।