Ad #144479

काठमाडौं l युवा पुस्ताले निकै रुचाएको गायक तथा मोडल दुर्गेश थापा र बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत ‘बस पर्खेर’ दुर्गेशको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ l

नेत्र अर्यालको शब्द रहेको गीतमा गायक दुर्गेश थापाले नै संगीत भरेका छन् भने योगेश काजीले एरेन्ज गरेका हुन् l

भिडियोमा दुर्गेश सँगै सारिका केसी, लोमश शर्मा, आयुशी ढकाल लगायत कलाकारहरूको अभिनय रहेको छ l जय रेग्मीद्वारा छायाङकन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् l उक्त भिडियोलाई सिभ बिकले नै कोरीयोग्राफी र निर्देशन गरेका छन् l

हेर्नुहोस् भिडियो :