Ad #144479

काठमाडौं । युवा पुस्ताले निकै नै रुचाएकी गायिका रचना रिमालको स्वर रहेको ‘भंगेरी चरी’ बोलको गीत प्रमिला बस्नेतको अफिसियल युट्युबच्यानलमार्फत सार्वजनिक गरिएको छ ।

जीवनमा रहेका सुनौला पललाई गीतमार्फत शेयर गरिएको उक्त गीतमा मोडल तथा नायिका अशिष्मा नकर्मीले अभिनय गरेकी छिन् ।

प्रमिला बस्नेतको शब्द रहेको गीतमा विकास चौधरीले संगीत भरेका छन् भने शाहस शाक्यले एरेन्ज गरेका हुन् ।अभिनास बज्रचार्यद्वारा छायांकन गरेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो :