न टाउकोमा कपाल न त मुखमा दाँत भएकी यी मोडेल

एजेन्सी । जसको न त टाउकोमा कपालका रौ छन्, न त मुखमा दाँत छन् । उनी एक मोडल हुन् । कनेक्टिकटमा बस्ने एक २७ वर्षकी मेलैनी गेडास एक दुर्लभ रोगबाट पिडित छिन् ।

जसको कारण उनले जन्मदेखि नै जेनेटिक डिसअर्डर झेलीरहेकी थिइन् । यही रोगको कारण उनको कपाल, नङ, रौ र साना हट्टीहरुको विकास भएको छैन् । उनलाई यति मात्र नभएर बाइलिटरल क्लेफ्ट प्लेट र एलोप्सिया पनि छ जसले कपालको प्राकृतिक वृद्धि रोकिदिन्छ ।

‘तिमी एक एक्लो यस्तो व्यक्ति हो, जो आफ्नै मात्र तरीकाले देख्छौ र यहि नै तिम्रो क्षमता हो ।’ साथीको हौसलाले मेलैनीले आफुमाथि लगाएको नराम्रो ट्याग हटाउनलाई मोडलिंग गर्न सुरु गरिन् ।

उनले जब मानिस बिना खुट्टा पनि म्याराथनमा भाग लिन सक्छन् भने मानिसले बिना दाँत खाना किन सक्दैनन् भन्ने मान्यता राख्छिन् । मेलैनीले भन्छिन्, जिन्दगी त जिवन्तताको नाम हो ।

[sidebar name="button post"]