Ad #144479

२७ मंसिर, काठमाडौं । अभिनेत्री स्वेता खड्काको बिहे भएपछि अब बजारमा रेखा थापाको विवाहको चर्चा शुरु भएको छ । उनी अहिले आफ्नो नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । यसै क्रममा चलचित्र बजारमा रेखाको विवाहको हल्लाले तरंग सिर्जना गरेको छ ।

छविराज ओझासँग डिभोर्सपछि रेखा कसैसँग रिलेशनमा छैनन् । उनको लभ अफेयरको बारे समेत खासै कुरा मिडियामा आएको छैन । अहिले आएको हल्ला साँचो हो भने रेखाले छिट्टै बिहे गर्दैछिन् ।

रेखाले चलचित्र क्षेत्रभन्दा थोरै बाहिरको तर समाजसेवामा क्रियाशिल व्यक्तिसँग बिहे गर्ने रेखा निकट कतिपयले अनुमान गरेको बजारमा चर्चा छ । लामो समयसम्म एकल जिवन विताउन गाह्रो भएकाले अब रेखा बिहे गर्ने मुडमा रहेको बुझिएको छ ।