आज नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिदै

२२ मंसिर, काठमाडौं । नायिका श्वेता खड्काले आज विवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयन्द्रसिंह रावतसँग उनको बिवाह हुँदैछ । विवाहमा दुबै परिवार निकटका सदस्य मात्र उपस्थित हुने बताइएको छ ।  नायिका खड्काको यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते बिवाह भएको थियो । बिवाहको एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो ।

त्यस यता उनी सामाजिक कार्यहरुमा सक्रिय हुँदै आएकी थिइन् । यससँगै उनले आफ्नो कलायात्रालाई पनि निरन्तरता दिइरहेकी छिन् । उनले सिन्धुपाल्चोकको झ्याडीमा रहेको माझीवस्तीमा ५४ घरसहितको एकिकृत बस्ती निर्माण गरिसकेकी छिन् । भूकम्पले सबैभन्दा धेरै क्षति पुगेको सिन्धुपाल्चोक नायक श्रीकृष्णको गृहजिल्ला हो ।

आइतबार सामाजिक ‌सञ्जाल फेसबुकमा उनले आफ्नो बिवाहको बारेमा लामो स्टाटस लेखेकी छिन् । कोरोनाका कारण विवाहमा सबै शुभचिन्तकहरुलाई बोलाउन नसकिएको उनले बताएकी छिन् ।

[sidebar name="button post"]