गायिका देवी घर्ति र गायक कमलको नयाँ गीत ‘मन चोरी’ सार्वजनिक

चर्चित गायिका देवी घर्ति मगर र गायक कमल कुमालको स्वर रहेको नयाँ लोक दोहोरी गीत ‘मन चोरी’ बोलको गीत ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

गायक कमल कुमालको शब्द रहेको गीतमा चेतन गोतामेले संगीत भरेका छन् भने गोतामेले नै एरेन्ज गरेका हुन् । भिडियोको मुख्य भूमिकामा चर्चित मोडेल अन्जली अधिकारी,सबिन मगर, नारायण खत्री, कमला परियारको अभिनय रहेको छ ।

हिमाल श्रेष्ठद्वारा छायांकन भएको भिडियोलाई नबिन चौधरीले सम्पादन गरेका छन् । उक्त भिडियोलाई कमल परियारले नै निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

[sidebar name="button post"]