काठमाडौं । नजिकिँदै गरेको स्वरसम्राट नारायण गोपालको ३० औँ स्मृति दिवस को अवसर पारेर गायक सुगम पोखरेलले स्वर सम्राट् नारायण गोपाल को सम्झनामा “श्रद्धेय नारायण गोपाल “ बोलको गीत सुगमले आफ्नै युट्युबमार्फत सार्जवनिक गरेका छन्।
पछिल्लो समय केहि फरक किसिमका गित संगीत सार्बजनिक गरिरहेका सुगमले नेपाली संगीतका श्रष्टामाथि पहिलो पल्ट गीत तयार पारेका छन्। संगीतमै आबद्द भएको नाताले पनि आफु भन्दा अग्रज गायक तथा संगीतकार हरु प्रति समर्पित भएर गीत बनाउन पाएकोमा सुगम ले खुशी ब्यक्त गरेका छन्।
गीतमा शब्द संगीत सुगम आफै ले दिएका छन् भने संगीत संयोजन मनोज कुमार के सी को रहेको छ। मन्दिप बखुंचे र मिलन तामाङद्वारा छायाँकन गरेको भिडियोलाइ मनोज सापकोटाले सम्पादन गरेका छन् । उक्त गीतलाई मनोज सापकोटा र गायक सुगमले सयुक्त निर्देशन गरेका छन् ।
[sidebar name="button post"]











