लकडाउनपछि रोकिएको ‘परदेशी २’को सुटिङ सुरु !

विश्वभर कोरोना महामारीको कारण रोकिएका चलचित्र अहिले धमाधम छायांकन हुन् थालेका छन् । कोरोनाको असर नेपाली चलचित्रमा मात्र नभई हलिउड देखि बलिउडमासम्म परेको छ ।

कोरोनाको कारण रोकिएको चलचित्र ‘परदेशी २’ को सुटिङ सुरु भएको छ । चलचित्रको सम्पूर्ण टिम पाल्पा पुगेसँगै गत बिहिबारबाट चलचित्रको सुटिङ सुरु भएको हो ।

चलचित्रको छायाँकन लकडाउन हुनु अघि ७०% सकिसकेको थियो । उक्त चलचित्रको छायांकन हुन् अब ३० % बाँकि रहेको छ ।

चलचित्रको मुख्य भूमिकामा नायक दिलिप रायमाझी, गायक प्रकाश सपुत, नायिका केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू सँगै गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय रहनेछ ।

उक्त चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका छन् भने राजेश वंशल र निर्देशक रायमाझीले सयुक्त निर्माण गर्दैछन् ।

[sidebar name="button post"]