४ मङ्सिर,काठमाडौँ। निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–२ टौमढीबाट १८ वर्षीय विशेष जोशीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । भक्तपुर प्रहरीका अनुसार टिकटकमा भिडियो अपलोड गरेको आरोपमा जोशीलाई नेपाल प्रहरीको साइबर ब्यूरोको समन्वयमा पक्राउ गरिएको हो ।
सार्वजनिक भएको भिडियोमा श्रेष्ठलाई मोटरसाइकलमा रहेको समूहले अपमानजनक शब्द प्रयोग गरी निकिशामाथि दुर्व्यवहार गरिएको देखिन्छ । प्रहरी प्रधान कार्यालयले बुधबार साइबर ब्युरोलाई श्रेष्ठमाथि भएको दुर्व्यवहारबारे छानबिन र कारबाही गर्न निर्देशन दिएको थियो ।
भिडियो खिच्ने अन्य दुईजना फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
‘निकिशा’ श्रेष्ठमाथि सडकमा भएको दुर्व्यवहारबारे छानबिन र कारबाही गर्न हेडक्वार्टरको पत्र
[sidebar name="button post"]









