काठमाडौं । सिद्धार्थ पुडासैनीले निर्देशन गरेको सर्ट फिल्म ‘सम्बन्धक्’ सोमबार टुनामुना प्रोडक्सन युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
भाइटिकाको पूर्व सन्ध्यामा रिलिज भएको हो। उक्त फिल्ममा दाजु, भाइ र दिदी, बहिनीको कथामा देख्न सकिन्छ।परिवारप्रतिको जिम्मेवारीकै कारण बहिनी नेहा ग्राफिक डिजाइन पढ्नका लागि अस्ट्रेलिया जान चाहन्छिन्। विदेशीले योजना पूरा नहुने मोडमा पुग्छ । उनका लागि सम्बन्ध नै बन्धक बन्छ । बन्धनबाट फुत्कन नेहाले गर्ने सङ्घर्ष ‘सम्बन्धक्’को कथा हो ।
सर्ट फिल्ममा मिरा खड्का, सन्देश शाक्य, सीमान्त पुडासैनी, आकाङ्क्षा जिसीसंगै निर्देशक सिद्धान्त पुडासैनीले पनि अभिनय गरेको छन्। मनिस पोखरेल र क्षितिज कार्कीले छायाँकनगरेको फिल्मलाई निर्देशक पुडासैनीले नै सम्पादन र लेखेका हुन्।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नु होस् :
[sidebar name="button post"]









