किन गरे भारतिय मिडियाले मनिषा कोइरालालाई गाली

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएकी छन् । देशको मर्यादा राख्न सफल भएकोमा उनले सरकारलाई धन्यवाद दिँदै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको ट्वीटलाई रिट्वीट गरेकी छन् । उनले रिट्वीटमा अब त्रिदेशिय शान्तिपूर्ण वार्ताको अपेक्षा गरेको उल्लेख गरेकी छन् ।

अभिनेत्री मनिषा कोइरालाको ट्वीटलाई लिएर भारतिय मिडिया भने चर्को आलोचना गरेका छन् । मनिषालाई स्टार बनाउन भारतिय चलचित्र उद्योगको ठूलो भूमिका रहेको उल्लेख गर्दै भारतिय मिडियाले मनिषाले नेपालको नक्सामा सहमती जनाउनु आपत्तिजनक भएको बताएका छन् ।