अभिनेत्री प्रियंका कार्कीको घरबाट सुन चोरी

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीको घरबाट सुनचोरी भएको छ। प्रहरीका अनुसार अभिनेत्री कार्कीको घरबाट ५ तोला सुन चोरी भएको हो। यस्तै ३० हजार नदग पनि चोरी भएको छ।

प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको हो । उक्त नगद र सुन लक्ष्मीपूजा गर्न निकालिएको जनाइएको छ ।

अभिनेत्री कार्कीको परिवार डिनरको लागि बाहिर गएको मौका छोपेर चोर ट्वाइलेटको झ्याल हुँदै घरभित्र छिरेको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान गरिरहेका छौं र चोरीमा संलग्नको खोजी भइरहेको छ ।