‘प्रेमगीत–३’ले दुई सातामा कति कमायो ?

काठमाडौं । सन्तोष सेनको ‘प्रेमगीत–३’को दुई साताको बक्सअफिस कलेक्शन सार्वजनिक गरिएको छ । निर्माण कम्पनी आशुसेन फिल्म्सका अनुसार फिल्मले दुई सातामा नेपालबाट ११ करोड ८१ लाख रुपैयाँ ग्रस कमाएको छ ।

निर्माता सेनका अनुसार फिल्मले दुई सातामा नेपालबाट ११ करोड ८१ लाख रुपैयाँ ग्रस कमाएको छ । पहिलो साता ७ करोड ९६ लाख रुपैयाँ ग्रस कमाएको फिल्मले दोस्रो साता ३ करोड ८५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

भारतमा फिल्मले दुई सातामा ५ करोड ३२ लाख भारु कमाइ गरेको जनाइएको छ । ओभरसिज (नेपाल र भारतबाहेक) फिल्मले दुई सातामा ९ करोड १४ लाख भारु कमाएको पनि उल्लेख छ । यसरी हेर्दा फिल्मको दुई साताको विश्वव्यापी कमाइ ३४ करोड १३ लाख नेपाली रुपैयाँ कमाइ गरेको जनाइएको छ ।

यसका साथै ओभरसिजमा फिल्मले दुई सातामा ९ करोड १४ लाख भारु कमाएको छ । निर्माता सेनका अनुसार फिल्मले ओभरसिजमा पहिलो साता ६.२१ करोड भारु र दोस्रो साता २.९३ करोडको ब्यापार गरेको हो ।

[sidebar name="button post"]