१६ असोज काठमाडौं । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार फुलपातीको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् । दुवैका घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिकाले उनीहरूले विवाह गरेका हुन् ।
जीवनको हरेक उतारचढावमा एकअर्काको साथमा रहने वाचा गर्दै उनीहरूले रीतिरिवाजअनुसार विवाह गरेका हुन् ।‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका कमलका थुप्रै गीत लोकप्रिय छन् भने यता मेलिना पनि उदीयमान गायिका हुन् ।
उनीहरूबीच केही समय अगाडि इङ्गेजमेन्ट भएको थियो ।
[sidebar name="button post"]









