काठमाडौं: ‘प्रेमगीत ३’ले शुक्रबार पहिलो साताको कमाइ सार्वजनिक गरेको छ । ‘प्रेमगीत ३’ले एक सातामा नेपालमा झण्डै ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
निर्माता सन्तोष सेनले सामाजिक सञ्जालमार्फत फिल्मको नेपाल, भारत र विश्वव्यापी कमाइलाई बाहिर ल्याएका छन् । उनका अनुसार फिल्मले प्रदर्शनको पहिलो साता नेपालमा ७ करोड ९६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
फिल्मले नेपालमा प्रदर्शनको पहिलो दिन शुक्रवार २ करोड ५ लाख, शनिवार २ करोड २२ लाख, आइतवार ९५ लाख ५० हजार, सोमवार १ करोड १५ लाख, मंगलवार ६५ लाख, बुधवार ६१ लाख र बिहीवार ५३ लाख कमाइ कमाइ गरेको निर्माता एवं निर्देशक सेनले जनाएका छन् ।
भारतमा पहिलो साता ३ करोड ४४ लाख भारु कमाइ भएको निर्माता सेनले उल्लेख गरेका छन् । ओभरसिज (नेपाल र भारतबाहेक) फिल्मको कमाइ ६.२१ करोड भारु रहेको समेत निर्माता सेनले जनाएका छन् ।
नेपालमा नेपाली र हिन्दी संस्करणले उक्त कमाई गरेको हो । हिन्दी संस्करण भने नेपालमा सोमवारदेखि प्रदर्शनमा आएको हो । सेनका अनुसार भारतमा पहिलो साता फिल्मले ३ करोड ४४ लाख भारु कमाइ गरेको छ ।
ओभरसिज (नेपाल र भारतबाहेक) फिल्मको कमाई ६.२१ करोड भारु रहेको निर्माता सेनले जनाएका छन् । फिल्मले विश्वभरबाट एक सातामा २३ करोड बढी नेपाली रुपैयाँ कमाई गरेको हो ।
फिल्मका भारतीय निर्माता सुवास कालेले फिल्मले विश्वव्यापी १९.२९ करोड भारु कमाइ गरेको जनाएका छन् । प्रदीप खड्का स्टारर फिल्मले पहिलो दिन नेपाल र भारतसहित विश्वव्यापी आक्रामक ओपनिङ गरेको थियो ।









