Ad #144479

काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौला टिमको फिल्म ‘छक्का पञ्जा–४’  आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ ।

कलाकार दीपकराज गिरीले फेसबुकमार्फत फिल्मको रिलिज डेटबारे जानकारी दिएका हुन। यसअघि कात्तिक ४ गते फिल्म आउने चर्चा भएको थियो।

फिल्ममा दीपकका साथै दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा),निर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ।

नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन् । ‘छक्का पञ्जा ४’ हेमराज विसीले निर्देशन गरेका हुन् । फागुन १९ गते नेपाली फिल्मबिच ठूलो भिडन्त हुनेछ। सोही दिन मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ ले पनि प्रदर्शन मिति तोकिसकेका छन।