१५ कार्तिक, काठमाण्डौ। कोरोना र लकडाउनका कारण थिलो थिलो भएको नाट्य क्षेत्रलाई बिस्तारै सहज बनाउनका लागि गाउँ गाउमा रङ्गमंच भन्ने नाराका साथ केही रङ्गकर्मीहरुलाइ साथमा लिएर कलाकार तथा निर्देशक ठण्ड बहादुर अधिकारी (सास )ले देशका विभिन्न स्थानहरुमा नाटक मन्चन गर्ने जमर्को गर्नुभएको छ ।
नाटकमा पुराना खारिएका रङ्गकर्मी प्रल्हाद खरेल,विश्व मणि घिमिरे देखि बिगत एक दसक लामो समय देखि रङ्गमन्चमा सकृय मन्जु गिरि , शान्ती भट्टराइ,शशी सेखर बुढाथोकी , अशोक पहरी लगायत भर्खर नाट्य क्षेत्रमा प्रशिक्षण लिएर आएका पृति भुजेल,पुर्णिमा थामी, रुपा साहीहरुको अभिनय रहेको निर्देशक ठण्ड बहादुर अधिकारी ( सास) ले जानकारी दिनुभयो ।
सुरुवातको चरणमा हामी तीन नाटक भाउजुको ब्यथा,आरुबारिको फुल,नाङ्गो बस्ती ललितपुर भक्तपुर र काभ्रेका विभिन्न स्थानमा मन्चन गर्ने छौँ । त्यसपछि तिहार लगत्तै अरु २१ वटा नाटकको तयारी गरेर नेपालका विभिन्न जिल्लाहरुमा नाटक मन्चन गरिने ‘भाउजुको ब्यथा’ नाटकका लेखक तथा कलाकार विश्व मणि घिमिरेले बताउनुभयो ।
नाटक ‘नाङ्गो बस्ती’ रङ्गकर्मी प्रल्हाद खरेलले लेख्नु भएको हो भने ‘आरु बारि’ को फुलका लेखक साहित्यकार भीष्म राज फुलारा हुनुहुन्छ ।
“अझै पनि दर्शकहरु हलमा आएर नाटक हेर्न डराइ रहेका छन् ।त्यसैले गाउँ गाउमा रङ्गमन्च अभियानले फेरि दर्शकलाइ नाटक हेर्न बानी पार्ने छ र नाट्य क्षेत्र चलायमान हुने छ ,” रङ्गकर्मी प्रल्हाद खरेल बताउनुहुन्छ ।
















