Ad #144479

२२ असोज, काठमाण्डौ । गायक सागर धिमालको दशैँ, तिहार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हरि गजुरेलको लय,शब्द र सागर धिमालको संगीत रहेको गीत ‘हर्षमय’ सार्वजनिक भएको हो ।

गीतमा चाडबाडको समयमा हुने विकृती विसंगतीहरुको बारेमा सचेत समेत बनाइएको छ ।

भिडियोमा सागर धिमाल, हरि गजुरेल, राजेश खत्री, सुदिप अधिकारी, नवराज बुढा, सुवास धिमाल, बिशाल काफ्ले, माइकल घिसिङ, सोहन माझी, मनिष बस्नेत, ओम बुढाथोकी, दिपेन्द्र दहाल, अर्जुन तामाङ, पीबल्याक तामाङ, स्वरुप आचार्यलाई देख्न सकिन्छ ।

राम तामाङको निर्देशन रहेको हर्षमयमा अनिश तिमिल्शीनाको छयाङ्कन तथा अभिषेक राजोपाध्यायको भिडियो सम्पादन तथा कलर रहेको छ । भिडियोको एरेन्ज सरोज बिष्टले गरेका छन्

सगमना म्यूजिकको अफिसियल युटुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।