Ad #144479

१२ असोज, काठमाण्डौ। गायक बाबुल गिरीको स्वरमा रहेको ‘माया बिना पनि चल्दो रैछ जीन्दगी’ को भिडियो सार्वजनिक भएको छ। रविन खड्काको शब्द संगीत रहेको गीतमा बाबुल गिरी र संगीता थापा मगरको स्वर रहेको छ।

गीतको भिडियोमा प्रेम, वियोग र यादलाई निकै कलात्मक शैलिमा प्रस्तुत गरिएको छ। गीतको भिडियोमा कलाकारहरु प्रकाश बस्नेत र प्रमिला खनालको बेजोड अभिनय रहेको छ।

गीतको भिडियोलाई सुबोल थापाले निर्देशन गरेका हुन्। निः सन्तान दम्पतीको जीवनमा पर्ने मानसिक असर र यसले पारिवारिक जीवनमा पुर्याएको क्षतीलाई मीठो लयमा प्रस्तुत गर्न निर्देशक थापा सफल पनि भएका छन्।

ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी, नविन निरौलाको रंग संयोजन तथा सम्पादन रहेको गीतको भिडियोलाई भिडियो भकारी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।