Ad #144479

६ असोज, काठमाण्डौ। अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।

उनले छोरीको नाम आयाङ्का कार्की जोशी नाम दिएकी छन् । तस्बिर राख्दै उनले लेखेकी छिन् ‘छोरी आयन्का तिमीलाई यस संसारमा स्वागत छ ।’

प्रियंका गत वर्ष आयुशमान देशराज जोशी सँगै विवाह बन्धनमा बाँधिएकी थिइन् । गर्भवती भएपछि उनले आफ्नो गर्भावस्थालाई लिएर सामाजिक संजालमा बेबी बम्प, बेबी सावर लगायतका तस्विर सार्वजनिक गरेकी थिइन् ।