रचना रिमालको ‘तिजको महिना छ’ बोलको गितको भिडियो सार्वजनिक

११ भदौ, काठमाण्डौ। चर्चित गायिका रचना रिमालको “तिजको महिना छ” बोलको गितको भिडियो सार्वजनिक भएको छ। उक्त गितमा डि.पी खनालको शब्द रहेको छ भने नबिन कार्कीको संगीत छ। गितमा स्वर भने रचना रिमालको रहेको छ।

भिडियोलाई बिशाल निरौलाले एरेन्ज र मिक्सिंग गरेका हुन् । डान्स बिटमा तयार भएको गीतको भिडियोमा कोरस डान्सरहरुका बिचमा अनिता बस्नेत, सबिना आचार्य, रक्षा बुढाथोकी र एलिना राना फिचर्ड छिन् ।

तीजमा कोरोनाका कारण खुलमखुल्ला भिडभाडमा नाच्न नपाईएको अवस्था र साथीसंगीहरुसंग रमाउन नपाईएको अवस्थालाई गीतमा उठान गरिएको छ ।

मिराज अर्यालको छायांकन तथा सम्पादन रहेको भिडियोलाई योगेन्द्र कर्कीले निर्देशन गरेका हुन् ।