कोरोना संक्रमणका कारण हाँस्य कलाकार ‘बखते’ को निदन

५ भदौ, काठमाण्डौ। विभिन्न टेलिफिल्ममा अभिनय गरेका हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को कोरोना संक्रमणका कारण शनिबार बिहान निधन भएको छ । झण्डै एक महिनादेखि पाटन अस्पतालमा उपचाररत ६४ वर्षे थापाको शनिबार बिहान ४ः४० मा निधन भएको हो ।

थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल,भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायतका टेलिफिल्ममा अभिनय गरेका थिए ।

उनको परिवारमा श्रीमति, एक छोरो र एक छोरी छन् । सामाजिक सञ्जालमार्फत कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।