साउथ सुपरस्टार जुनियर एनटीआर कोरोना संक्रमित

२८ वैशाख, एजेन्सी। दक्षिण भारतीय (साउथ) फिल्मका सुपरस्टार जुनियर एनटीआर कोरोना संक्रमित भएका छन् । अभिनेता आफैंले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।

जुनियर एनटीआरले ट्वीटमा लेखेका छन्, ‘ममा कोरोना पोजेटिभ देखिएको छ । चिन्ता नगर्नुस्, म ठिक छु ।’ उनले आफु र आफ्नो परिवार आइसोलेसनमा रहेको जानकारी दिँदै डाक्टरको रेखदेख र सबै नियम पालना गरेको समेत बताएका छन् ।

जुनियर एनटीआर भन्दा पहिले साउथ फिल्म इन्डस्ट्रीजका निर्देशक एसएस राजामौली, रामचरण, बरुण तेज कोनिडेला, तमन्न भाटिया, नागा बाबु जस्ता स्टार्स कोरोना संक्रमित भैसकेका छन् ।

[sidebar name="button post"]