Ad #144479

६ वैशाख, काठमाण्डौ । ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिताको ग्रान्ड फिनाले सम्पन्न भएको छ । ट्रेवल फेसन कन्सर्न प्रालीको तथा गोकर्णश्वर नगररपालिकाको सहकार्यकमा कार्यक्रम आयोजना भएको हो । प्रतियोगितामा दुई विधागत रुपमा १८ जना प्रतिस्पर्दीहरुहरु सहभागिता जनाएका थिए ।

प्रतियोगितामा सहभागि मध्य मिस डिवाइन ब्युटी नेपालमा २०२१ मा १० जनाले प्रतिस्पर्दा जनाउँदा मिस डिवाइन ब्युटी नेपालमा २०२१ को ताज सपना लामाले जित्न सफल भएकी छन् । प्रतियोगितामा फ्रस्ट रनर अप निसा घटराज हुन सफल भइन् । सेकेन्ड रनर अपमा सतभिसा ओजा भएकी छिन् ।

कार्यक्रमको अर्को विधामा मिसेस गोकर्णश्वर पेजेन्ट नेपालमा२०२१ मा सहभागि ८ जना प्रतिस्पर्दीहरु मध्य मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१को ताज नविना शाही हुन सफल भइन भने फ्रस्ट रनर अपमा बविता दुलाल र सेकेन्ड रनर अपमा सुजता प्रधान हुन सफल भएको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक शैलेन्द्र शेष्ठले जानकारी दिनुभयो ।

ग्रान्ड फिनाले काठमाण्डौ जोरपार्टी स्थित पिस बैङ्क्वेटमा सम्पन्न भएको हो । ग्रान्ड फिनालेमा गोकर्णश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा गोकर्णश्वर विशेष अतिथिका रुपमा गोकर्णश्वर नगरपालिका प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, गोकर्णश्वर नगरपालिकाका सल्लाकार दिपक रिजाल लगायत गोकर्णश्वर नगरपालिका वडा ०८ का अध्यक्ष मनोज कुमार ढुंगाना, वडा ०६का रमेश अर्याल लगायत समाजिक अभियान्त कलाकार पत्रकारहरु लगायत विशिष्ठ व्यक्त्तिहरु उपस्थित रहेको आयोजका ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक श्रेष्ठले बताउनुभयो ।

उक्त प्रतियोगिताको आयोजना ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा सञ्चालन गरेको थियो । प्रतियोगिताको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा संयोजकका रुपमा शैलेन्द्र श्रेष्ठ रहेका छन् भने कार्यक्रमका संयोजक सिमरन श्रेष्ठ, कार्यक्रम स्पोन्सर संयोजकमा नन्दलाल श्रेष्ठ, कोरीयोग्राफरमा काजोल राई तथा कार्यक्रम संयोजक सरु धिमाल लगायतका व्यक्त्तिहरु रहेका छन् ।

प्रतियोगितामा विजेताहरुले उत्कृष्ठ पुरस्कारको नगरपालिका मेयर सन्तोष चालिसेले बितरण गर्नु भएको थियो । कार्यक्रम फेसन सो तथा विभिन्न संगितिक कार्यक्रम र मनोरञ्जनात्मका कार्यक्रम भएको आयोजकले जनाकारी दिएको छ ।

विगतमा पनि यस ट्रेवल फेसन कन्सर्न प्रालीले फेसनसंग सम्वन्धित धैरै कार्यक्रमहरु आयोजना गरिसकेको छ ।कार्यक्रम यही बैशाख ०४ गते शनिवार सम्पन्न भएको थियो ।