१२ चैत्र, एजेन्सी । शाहरुख खानले चलचित्र ‘पठान’ मा लिएको पारिश्रमिक चर्चामा छ । चलचित्र ‘जिरो’ पछि दुई वर्षसम्म चलचित्रमा नदेखिएका उनले पठानमा ठुलो रकम पारिश्रमिक लिएको बताइएको छ ।
उक्त चलचित्रका लागि उनले सय करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यशराज फिल्मस्को ब्यानरमा बन्ने चलचित्रमा शाहरुखसहित जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा रहने छन् ।
शाहरुखका समकक्षी अभिनेताहरूले भने ३०/४० करोड मात्रै लिने गरेकोमा उनलाई निर्माताले ठुलो रकममा अनुबन्धित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो समयमा बलिउडमा पारिश्रमिक भन्दा पनि सेयरमा चलचित्र निर्माण हुने गरेका छन् । सेयरमा चलचित्रमा काम गर्ने कलाकारमा सलमान खान, अक्षय कुमार, आमिर खान लगायत छन् ।
[sidebar name="button post"]











