८ चैत्र, काठमाण्डौ। बलिउड नायिका रानी मुखर्जी आज आफ्नो ४३ औं जन्मदिन मनाइरहेकी छिन् । उनी सन् १९७८ मार्च २१ मा जन्मिएकी हुन् ।
रानीको जन्मदिनको अवसर पारेर नयाँ चलचित्र ‘मिसेस चटर्जी भर्सेस नर्वे’ को घोषणा गरिएको छ । यो चलचित्रमा रानीको मुख्य भूमिका रहने छ । वास्तविक कथामा बन्न लागेको यो चलचित्रको छायांकन चाडै नै सुरु हुने भारतीय मिडियाले बताएका छन् ।
रानीले यो चलचित्रलाई आफ्नो करिअरकै विशेष चलचित्र भनेकी छिन् । रानीले आफ्नो २५ बर्ष लामो बलिउड करिअरमा करिअरकै विशेष चलचित्र साइन गरेको बताएकी छिन् । यो चलचित्र एक आमाको संघर्ष र लडाइको कथामा बन्न लागेको हो । रानीले यो चलचित्र सम्पूर्ण आमाहरुप्रति समर्पित गरेकी छिन् ।
[sidebar name="button post"]









