बलिउड नायक आमिर खानले अब सामाजिक संजालको प्रयोग नगर्ने

४ चैत्र, काठमाण्डौ। बलिउड नायक आमिर खान अब सामाजिक संजालबाट टाढा बस्ने भएका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो सन्देश सार्वजनिक गर्दै आमिरले काममा अझै ध्यान दिनका लागि आफूले सामाजिक संजाल छाडेको बताएका उल्लेख गरेका हुन् ।

आमिरले आफ्नो जन्मदिनको शुभकामना दिने सबै फ्यानलाई धन्यवाद दिंदै यही पोष्ट नै सामाजिक सञ्जालका लागि अन्तिम हुने बताएका थिए ।सामाजिक सञ्जालबाट टाढा हुँदा आफ्नो कामलाई झनै ध्यान दिन पाइने र उत्कृष्ट काम गर्न सकिने वुझाई आमिरको छ ।

आमिरले सन् २०१८ मा इन्स्टाग्राममा एकाउन्ट खोलेका थिए । सामाजिक संजालबाट आमिरले आफ्ना विभिन्न जानकारीहरु दिंदै आएका थिए । उसो त, सामाजिक संजालबाट बिदा लिने बलिउड कलाकारमा आमिर पहिलो भने होइनन् ।

यस अगाडि नायक सैफअली खान, रानी मुखर्जी, रणवीर कपुर, जया बच्चन, रेखा जस्ता कलाकारले सामाजिक संजाल नचलाउने बताइसकेका छन् । धेरै बलिउड कलाकारहरुले सामाजिक संजालमा नकारात्मक कुराहरु हाबी हुन थालेपछि यसबाट टाढा बस्ने निर्णय गर्दै आएका छन् ।

[sidebar name="button post"]