विवाह बन्धनमा बाँधिइन् गायिका अन्जु पन्त

१२ फागुन, काठमाण्डौ । गायिका अन्जु पन्त विवाह बन्धनमा बाँधिएकी छिन् । बुधबार उनले थीर कोइरालासँग विवाह गरेकी हुन् ।

उनीहरू दुबै जना कृश्चियन धर्ममा आस्था राख्ने भएकाले सोही धार्मिक पद्धति अनुसार चर्चमा विवाह गरेका हुन् ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । विगत एक वर्षदेखि प्रेममा रहेका पन्त र कोइरालाले आज विवाह गरेका हुन् ।

[sidebar name="button post"]