प्रणय दिवस नजिकिँदै गर्दा दिपक समिरको अलिअलि सार्वजनिक

२७ माघ, काठमाडौं । प्रणय दिवस नजिकिदै दिपक समिरको गीत अलिअलि सार्वजनिक भएकाे छ ।  लामो समयदेखी रेडियो तथा टेलिभिजनमा क्रियाशिल सञ्चारकर्मी समिरको गीत ‘अलिअलि’ सार्वजनिक गरेका हुन् ।

यो प्रेमिल सप्ताहको अवसरमा समिरको स्वरमा रहेको सो गीतमा अलिअलि गर्दै दिल चाेरेका कुरा मायामा प्रस्तुत गरिएकाे छ । डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतको भिडियो निर्देशन हेमप्रभास अधिकारीले गरेका छन् ।

श्रीदेव भट्टराई र स्मृती श्रेष्ठ अभिनित सो गीतको भिडियोमा पोखरा आसपासको मनोरम प्रकृति देख्न पाइन्छ ।