गणपथमा श्राफ र सेननले एकसाथ काम गर्ने

२७ माघ, एजेन्सी । यक टाइगर श्राफ र नायिका कृती सेननले चलचित्र ‘गणपथ’मा एकसाथ काम गर्ने भएका छन् । टाइगरले सार्वजनिक गरेको चलचित्रको टिजरमा एक यूवती बाइकमा देखिएकी छिन् ।

तर, उनको अनुहार भने सार्वजनिक गरिएको छैन । भारतीय मिडियाका अनुसार, चलचित्रमा टाइगरसँग नायिका कृती सेननले काम गर्ने पक्का भएको छ । टाइगर र कृती एकसाथ पर्दामा देखिदा दर्शकको उत्साह बढ्ने पक्का छ ।

यो चलचित्रलाई विकास बहालले निर्देशन गर्दैछन् । चलचित्रमा दिपशिखा देशमुख, ज्याक्की बागनानी, वासु बागनानी र पूजा इन्टरटेन्मेन्टको लगानी रहनेछ ।

[sidebar name="button post"]