एम बी क्रीयसन इन्टरटेन्मेंटले ‘लगन जुर्यो’ कभर डान्स प्रतियोगिता सञ्चालन गर्ने भएकाे छ ।
असोज १३ गतेसम्म प्रतियोगितामा सहभागीता जनाउन सकिने अायाेजक टिमले जनाएकाे छ । प्रतियोगितामा जुनसुकै उमेर समूहकाले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा नि:शुल्क आफ्नो नाम दर्ता गर्न सकिनेछ । प्रतियोगितामा प्रथम हुनेले १५,०००, द्धितीय हुनेले १०,००० र तृतिय हुनेले ५,००० नगद पुरस्कार पाउने भएका छन् ।
चौंथो र पाचौँ स्थानमा पर्नेलाई मायाको चिनो प्रदान गरिने छ । राम्रो कन्सेप्ट (विचार ) हुनेलाई भने आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियाेगिताकाे निर्णायक भूमिकामा मनोज बिष्ट र राज महर्जन रहनु भएको छ । प्रतियोगितामा सहभागी हुन `लगन जुर्यो´गीतमा आफ्नो दुई देखि तीन मिनेटको डान्स भिडियो बनाउनुपर्नेछ ।
सामुहिक वा एक्लै जुनमा सजिलो लाग्छ गर्न सक्नु हुन्छ। तपाईंहरुले पठाउनु भएको भिडियो एम बी क्रीयसनको यूटुब च्यानलमा प्रकासित हुनेछ। भिडियो हेरेर निर्णायक मण्डलले सबै भन्दा धेरै लाइक्स र भ्यूजका आधारमा बिजेता घोषणा गर्ने अायाेजक एम बी क्रीयसन इन्टरटेन्मेंटले जनाएकाे छ ।
साथै सहभागी हुन चाहनेहरुले आफुले नृत्य गरेको भिडियो आफ्नो स्मार्ट फोन वा डी एस एल आर बाट खिचेर पठाउन सक्नुहुनेछ। भिडियो ७२० पी भन्दा माथिको हुनुपर्ने छ र सो भिडियो [email protected] /cenmail9@gmail मा पठाउन सक्नुहुनेछ। थप जानकारीको लागि ९८४१४१८४६५ / ९८४१०९४७७ मा पनि सम्पर्क गर्न सक्नुहुनेछ।












