२३ फागुन, काठमाण्डौ। पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र मोडल तथा गायक रुकमान लिम्बूको स्वरमा ‘धेरै माया गर्छु’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा आफूलाई मनपर्ने प्रेमिकाप्रति कतिसम्म समर्पित गर्न सकिन्छ भन्ने भाव चित्रण गरिएको छ ।
हङकङको समुद्री तट तथा विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको यो भिडियो रुबुशा क्रियशनको अफिसियल यु–ट्युब च्यानल ‘रुबुशा च्यानल’मार्फत गत सोमबार सार्वजनिक गरिएको हो । यो भिडियोलाई पूर्णरुपमा फिल्मीशैलीमा निर्माण गरिएको छ ।
युगल पोमू लिम्बूले निर्देशन गरेको यस भिडियोमा गायक रुकमान लिम्बू, नेहा राई र हेमराज अन्छोङ्बो फिचरिङ रहेका छन् । भिडियोमा रुकमानले आफ्नी प्रेमिकाको लागि दृष्टिदान गरेका छन् । अहिलेको आधुनिक जमानामा पनि युवाहरु प्रेममा कतिसम्म समर्पित छन् भन्ने भिडियोको सार हो ।
गीतमा डम्बर नेपालीको शब्द तथा संगीत रहेको छ भने भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन रहेको छ।












