Ad #144479

प्याज भान्सामा दिनँहु प्रयोग हुन्छ । केही मानिस बर्गर तथा अचारका रुपमा पनि प्याज सेवन गर्छन् । यसरी प्याज काँचै खाँदा पनि स्वास्थ्यलाई फाइदा गर्छ । सल्फर, एमिनो एसिड, एन्टीबायोटिक्स, फाइबर, क्याल्सियम, आयोडिन, फस्फोरस, मिनिरल्स र भिटामिनका गुणहरुले भरिपूर्ण एक काँचो प्याजको सेवनले गम्भिर रोगलाई पनि जराबाट नै सिध्याउने काम गरिन्छ । त्यसैले प्याजले यी विभिन्न रोगहरुबाट पनि बच्न सकिन्छ । जस्तै :

कब्जियत : प्याज एक हिसाबले पेटका लागि आवश्यक हुन्छ । जुन प्याजमा भएका रेसाहरुले पेटका रोगका लागि लाभदायक हुन्छ । हामीले दिनको एउटा काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनतन्त्रले सुचार रुपमा काम गर्दछ।

रक्तचाप : प्याजमा भएको मिथाइल सल्फाइड र एमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न सफल हुन्छ । दिनको एउटा काँचो प्याज खाएर उच्च रक्तचापबाट छुट्करा पाउनुुस् । नियमित रुपमा बिहानै खाली पेटमा दुई चम्चा प्याजको रस पिउनुस् जसले पत्थरी बाट पनि बचाउँछ ।

मधुमेह : दिनँहु काँचो प्याज तथा यसको रसको सेवनले मधुमेह निको हुन्छ। काँचो प्याज खाँदा शरीरमा इन्सुलिन बन्छ । घाटी तथा रुघा खोकी आदीको समस्यालाई हटाउँनका लागि प्याजको रसमा सक्खर र मह मिसाएर पनि पिउन सकिन्छ ।

रक्तअल्पता : नियमित रुपमा काँचो प्याज खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन र प्याजमा भएको पोषक तत्वले प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छन् ।