एजेन्सी । हाम्रो नेपाली समाजमा प्रायः महिलाहको नाक छेड्ने चलन छ । तर महिलाहरुलाई नाक किन छेडिन्छ भन्ने कुराबाट अनबिज्ञ हुन्छन् ।
यतिसम्मकी नाक छेड्ने स्वयं महिला पनि यस विषयमा अनभिज्ञ हुन्छन् । मात्रै यति थाहा होला कि श्रृंगारका लागि नाक छेडिन्छ । तर यो यतिमा मात्रै सिमित छैन, यसको धार्मिक तथा बैज्ञानकि कारण पनि छ ।
हिन्दुशास्त्रको पवित्र ग्रन्थ वेदका अनुसार नाक छेड्ने महिलाहरुलाई महिनावारी हुँदा हुने पीडाबाट राहत मिल्छ । प्रसवको समयमा शिशुलाई जन्म दिन पनि सजिलो हुने धार्मिक विश्वास छ ।
त्यस्तै नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्ने चिकित्सकहरु बताउँछन् । तर, महिलाले देब्रे नाक मात्रै किन छेड्छन् भन्ने विषय पनि सवैलाई थाहा नहुन सक्छ । यसले प्रजनन अङ्गमा नकारात्मक असर नपर्ने चिकित्सकहरु बताउँछन् ।
[sidebar name="button post"]








