Ad #144479

एजेन्सी । जन्मने बितिक्कै रुनुको सट्टा अनौठो अनुहार बनाएर एक नवजात शिशुले सबैलाई चकित पारेकी छिन् । शिशुको उक्त तस्विर सामाजिक सञ्जालमा अहिले भाइरल समेत बनेको छ ।

तर ब्राजिलकी एक नवजात शिशु जन्मिएको ४ मिनेटमा नै रूनुको सट्टा रिसाइन् । उनको यो फोटो अहिले विश्वभर भाइरल भइरहेका छन् ।

यो घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो। १३ फरवरीमा एक महिलाले शिशुलाई जन्म दिएकी थिइन्। नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरे। त्यसक्रममा नवजात शिशुले देखाएको प्रतिक्रियाबाट चिकित्सक छक्क परेका छन्।

चिकित्सकका अनुसार शिशु जन्मिने समयमा रोएकी थिइनन्। नाभी काट्नु भन्दाअघि नवजात शिशुलाई रुवाउने कोशिस गरे। नवजात शिशु स्वस्थ्य रहेको र फोक्सोले राम्ररी काम गरेको सुनिश्चित गर्न शिशुलाई रुवाउने प्रयास गरिएको थियो। तर उक्त समयमा नवजात शिशुले धेरै रिसाएको प्रतिक्रिया देखाइन्। उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण खुशीमय बनेको थियो।