Ad #144479

कुनैपनि काम प्रारम्भ गर्नुअघि हामीलाई द्विविधा हुन्छ, त्यसले सफलता दिलाउला कि असफलता ?चाणक्य एक बुद्धिमान, चतुर र प्रसिद्ध अर्थशास्त्री थिए । कुनैपनि नयाँ काम गर्नुअघि के गर्ने ?

आफुले सुरु गरेको कामबाट निर्धक्क सफलता हाँसिल गर्नका लागि चाणक्यको यी सुत्र मनन गर्नैपर्छ :

सकारात्मक सोंच : चाणक्यका अनुसार कुनैपनि नयाँ काम सुरु गर्नुअघि सोंच सकारात्मक हुनु आवश्यक हुन्छ । साथै त्यसबाहेक आफुले काम गर्ने समय, स्थान, लगानीबारे पनि ख्याल राख्नुपर्छ । आफुलाई उक्त काममा सहयोग गर्ने कति व्यक्ति छन् ? यसबारे पनि जान्नुपर्छ ।

आफ्नो क्षमताको आंकलन गर्नुपर्छ : आफुले सुरु गर्न लागेको काम कस्तो प्रकृतिको हो ? त्यस्तै काम गर्नुअघि आफ्नो क्षमताको पनि आंकलन गर्नुपर्छ । यदि त्यसो गरिएन भने कतै न कतै समस्यामा फसिन्छ ।

आफ्नो बोली, व्यवहार बदलौं : रुखो बोली र व्यवहार कसैलाई पनि मन पर्दैन र रुचिकर हुँदैन । त्यसैले सबैको अगाडि सौहार्द्धपूर्ण ढंगले प्रस्तुत हुने अभ्यास गर्नुपर्छ।अरुलाई जति मीठो बोली बोलिन्छ, जति मीठो व्यवहार गरिन्छ, उत्तिनै सफलता हात लाग्ने गर्दछ ।

सत्रुलाई साथी बनाउने : सबैलाई राम्रो व्यवहार गर्न सक्नु भयो भने तपाईंको कोहि पनि सत्रु हुदैन। बदलाको भावनाले कसैसंग पनि कुनै पनि काम गर्नु हुँदैन ।

आफ्नो शरीरको पनि ख्याल गर्ने : हामीहरु कतिपय कामको चक्करमा लागेर हामी शरीरको ख्याल गर्न भुल्छौँ । तर शरीर जति स्वास्थ्य भयो, जति तन्दुरुस्त भयो, उत्तिनै काममा सफल हुने हो ।

गोपनियता अपनाउने : आफुले कस्तो काम सुरु गर्न लागेको हो ? यसको आइडिया अरुलाई शेयर गर्नु हुदैंन । कहियै पनि आफ्नो योजना दोस्रो व्यक्तिलाई बताउनु हुँदैन।