कतिपय मानिसहले एकै चोटी खाद्यान्न तथा तरकारीहरु किन्ने गछर्न। धेरै मानिसहरुले खाद्यान्न अभाब हुने डरमा धेरै सामान स्टक राख्छन। कतिपय मानिसले छोटो अवधिका लागि प्रयोग गर्न मिल्ने सामानलाई लामो समयसम्म प्रयोग गर्ने हेतुले फ्रिजमा राख्ने गरेको पाइएको छ ।
सुख्खा फलफूल , आइसक्रिम, केराउजस्ता कतिपय सामान फ्रिजमा राख्न सकिन्छ तर कतिपय खाद्यान्न यस्ता हुन्छन जुन फ्रिजमा राख्नुअघिसम्म राम्रा हुन्छन तर फ्रिजबाट बाहिर निकाल्दा लाभदायक हुँदैनन ।
प्राय जसो मानिसहरुले धेरैले रोटी खराब हुन्छ भनेर फ्रिजमा राखिएको हुन्छ, फ्रिजमा राख्दा रोटी चाँडै सुक्छ र यसमा रहेको गुण, तव्तहरु हराउँछ ।अचार धेरै किसिमका हुन्छ । यसलाई सक्दो सम्म फ्रिजमा नराखी बाहिर नै राख्दा राम्रो हुन्छ । यसलाई फ्रिजमा राख्दा अन्य खानेकुरा समेत खराब गर्न गर्दछ । त्यसैगरि
गोलभेँडा जुनसुकै तरकारीमा पनि प्रयोग गर्न सकिने फल हो, यो गर्मी मौसममा बढी फल्ने फल हो । यो चिसो मौसममा राम्रोसँग फल्न सक्दैन, यसलाई बढी मात्रमा पानि र घामको आवश्यक पर्छ ।
पाउरोटीलाई फ्रिजमा नराख्नु नै राम्रो हुन्छ, धेरै बेर सम्म राख्दा यो बिग्रर्न सकिन्छ । फ्रिजमा राख्दा ब्रेड सुक्खा हुन्छ । राख्नु नै छ भने समयमै यसलाई प्लास्टिकमा बेरेर राख्दा राम्रो हुन्छ ।
केरा पनि फ्रिजमा राख्दा छिटो बिग्रन सकिन्छ । जसबाट काला धब्बाहरू निस्किन्छ यसले गर्दा अन्य फलफूलहरु छिटै गलाइदिन्छ । त्यसैले धेरै बेर सम्म फ्रिजमा नराख्दा राम्रो हुन्छ ।
फ्रिजबाहिर राखेरै मह लामो समयसम्म प्रयोग गर्न सकिन्छ । फ्रिजमा राखेपछि महको गाढापन र वास्तविक स्वाद परिवर्तन हुन थाल्छ । मह फ्रिजमा राख्दा यसमा क्रिस्टल बन्न थाल्छ ।
कागती, सुन्तला, अमिलोजस्ता फल फ्रिजको चिसोमा राख्दा बोक्रामा चाँडै दाग तथा बिग्रन सम्भावना बढी हुन्छ । फ्रिजमा राख्दा स्वाद पनि हराउदै गएको देखिन्छ ।
स्याउ पनि फ्रिजमा नराख्नु नै राम्रो हुन्छ । स्याउलाई धेरै बेरसम्म फ्रिजमा राख्दा छिटै बिग्रन सकिन्छ, यसलाई समयमै खानु पर्न हुन्छ । काँक्रा पनि धेरै मानिसहरुले फ्रिजमै राख्ने गर्छन् । काँक्रोलाई चिसो मौसम भन्दा पनि गर्मीमा फ्रिज भित्र राखेर खाने गरिन्छ ।
आलु फ्रिजमा राखेपछि आलुका स्वाद चिनीमा बदलिन्छ, यसमा भएको स्वद हराउदै जान्छ । आलुलाई बचाउन धेरै घाम र चिसोबाट टाढा राख्न पर्छ । यसरी नै प्याज पनि फ्रिजमा राख्दा स्वादमै फरकपन हुन्छ । त्यसैले यस्ता खानेकुराहरु फ्रिजबाहिरै राख्दा उत्तम हुन्छ । छिटै गल्ने खानेकुराहरु ठीक समयमै किन्न पर्छ ।











