Ad #144479

काठमाडौँ। स्वस्थ खानाको साथसाथै दैनिकरुपमा आफ्नो आहार वा खाजामा ड्राईफ्रुट्सलाई समावेश गर्नु निकै लाभदायिक हुने गर्दछ। ओखर एक मात्र यस्तो फल हो, जसमा मानिसका लागि अत्यावश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त मात्रामा हुन्छ ।

ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि–अक्सिडेन्ट र प्राकृतिक मिनरल हुन्छ । एक मुठी ओखरमा ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर र म्याग्नेसियम ९१० प्रतिशत डीबी हुन्छ ।

दैनिकरुपमा ओखरको उचित मात्राको प्रयोगले तौल घटाउन, मधुमेहको जोखिम कम गर्न, मुटुलाई स्वास्थ्य राख्न, प्राणघातक रोग क्यान्सरको जोखिम कम गर्न, हाड तथा जोर्नी रोगका बिरामीहरुलाई, पाचन प्रणालीको सुधार गर्नदेखि दर्जनौँ अन्य रोगहरुबाट बचाउन मद्दत गर्दछ।

  • ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ, जसले छालाको चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ ।
  • ओखरको नियमित सेवनले सुगरका बिरामीहरुका लागि औषधिको रुपमा पनि काम गर्छ ।
  • ओखरको आत्यधिक वा उचित मात्रामा सेवन नगर्नाले छालाको क्यान्सर हुने जोखिम बढाउने गर्दछ।
  • ओखरको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट समेत जोगाउँछ ।
  • ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।
  • ओखरमा भिटामिन इ हुन्छ जसले त्वचा सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।