Ad #144479

काठमाडौं । जाडो मौसममा चिया पिउनेको संख्या बढ्ने गर्छ । चिसोमा चिया पिउनेले स्वस्थ चियाको विकल्प रोज्नुपर्छ ।

दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

सादा चियाको सट्टा अदुवा र ल्वाङ राखेर चिया पिउने हो भने शरीरलाई फाइदा गर्छ । यसले शरीरलाई न्यानो पार्नुका साथै धेरै रोगबाट बचाउन मद्धत गर्दछ ।

प्राय झन्, सहरी क्षेत्रमा त भेटघाट वा छलफलमा चिया बहाना नै बन्ने गरेको छ। तर, चिया बढी पिउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर र्पुयाउन सक्छ। यद्यपि, शरीरलाई फाइदा र्पुयाउने चिया पनि छन्। जसमा एउटा हो, ल्वाङ चिया। ल्वाङवाला चिया अदुवा भन्दा पनि बढी फाइदाजनक हुन्छ।

  • दैनिक अदुवाको चिया पिउँदा मानिसलाई तनाव कम हुने र शरीलाई उर्जा प्राप्त हुन्छ ।
  • श्वासप्रश्वासको समस्याका समाधानका लागि अदुवाको चिया लाभदायी हुन्छ ।
  • अदुवामा पाइने भिटामिन, खनिज र एमिनो एसिडले रक्तसञ्चार सहज बनाउँछ।
  • अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।
  • यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउँछ ।
  • अदुवा हृदयाघात र मुटुरोगीका लागि समेत गुणकारी भएकाले पनि अदुवाको चिया दैनिक सेवन गर्नु फाइदाजनक हुन्छ।
  • अदुवाले तपाईको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन लाभदायक मानिन्छ ।
  • अदुवाको चियाले श्वाप्रश्वासमा हुने समस्या कम गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया खाँदा चिसो हट्ने विश्वास गरिन्छ । वातावरणीय एलर्जीबाट छुटकारा पाउन अदुवा हालेको चिया उत्तम मानिन्छ ।