Ad #144479

काठमाडौँ । सबैलाई शरिर सधै फिट राख्न र जवान बन्ने इच्छा हुन्छ । तर उमेर बढेसँगै शरिरका छाला तन्किन थाल्छन् ।

मानवको शरिरमा छाला, कपाल अनि आखाँ कसैका आर्कषक हुन्छन् भने कसैकोमा त्यो चमकता केही मात्रामा कम देखिन्छ । छालालाई तपाई गर्ने मेकअप र तपाईको खानपानले ठुलो असर गर्ने गर्दछ । कुनैको त कलिलै उमेरमानै अनुहारका छाला चाउरी पर्न थालेका हुन्छन् । कलिलै उमेरमा अनुहार चाउरी परेमा बाहिर अनुहार देखाएर हिड्न पनि लाज नै हुन्छ । सुन्दरता र छालामा चमकता ल्याउने यस्ता खानेकुरा :

मह
एक गिलास मन तातो पानीमा केरा र मह मिसाएको पेस्टलाई घोल्नुहोस र त्यसलाई अनुहारमा दलेर १५ मिनेटपछि चिसो पानीले पखाल्दा अनुहारमा भएका दागी हराउनुका साथै अनुहार सफा, चम्किलो र चाउरी पर्नबाट जोगाउछ ।

अर्गानीक खानेकुराहरु
छालामा भएका दाग वा दानाहरु कम गर्न अर्गानीक खाने कुराको प्रयोग गर्नु आवश्यक हुन्छ । यसले दाग वा दानाबाट बच्नका लागि ब्ल्याक बेरी, स्ट्रबेरी, ब्लुब्री, क्रैनबेरी, र आर्टिचोकको सेवन गर्ने गर्नुपर्छ।

ध्युकुमारी
गाँउघर सजिलै पाइने र सहरबजारमा गमलामा रोप्न सकिने ध्युकुमारीले छालामा चमक ल्याउछ । यसको पेस्ट निमित अनुहारमा दल्दा यसले अनुहारमा शितलता प्रदान गर्नुका साथै तन्तुलाई मजबुत बनाउछ ।

अदुवा
बहुउपयोगी अदुवाले चिसोबाट जोगाउनुका साथैक्यान्सरबाट समेत बचाउछ । आलमोन्डस् सुत्नुअघि १०र१२ दाना आलमोन्डलाई मिश्रिपानीमा भिजाउनुहोस । बिहान उठेपछि पानी पिउनुहोस र आल्मोडको पेस्ट अनुहारमा लगाउनुहोस ।

कागती
कागतीको रसलाई दहीमा मिलाएर अनुहारमा लेप लगाएर १५ मिनेटपछि पखाल्दा अनुहार सुन्दर देखिन्छ । कागतीको साईट्रिक एसिडले अनुहारको छालाको कोष मजबुत बनाउछ ।

मौसमी फलफुल
भित्र बिज भएका फलफुलहरु तरभुजा, खरभुजा, आलुबोखडा, जामुना, लीचि लगायतका फलफुलहरुको सेवनले छालालाई फाइदा गर्छ । यसले छालालाई कोमल र चमकदा बनाउन सहयोग गर्छन् । छालाका लागि अर्गानिक चिज निकै आवश्यक हुन्छन् ।