एजेन्सी। संगै सुत्दा खुट्टा लाग्छ भने जस्तै श्रीमान श्रीमतीको बीचमा पनि खटपट भइरहेको हुन्छ । एक क्षणमा मिल्छ एक क्षणमा मनमुटाव र झैझगडा हुनसक्छ । त्यसलाई सामान्य रुपमै लिने गरिन्छ । तर कहिलेकाहीं यी स-साना कुराहरुले पनि ठुलो रुप लिन सक्छन ।
सानो सानो कुराले पनि कहिलेकाहिँ परिवारमा यति ठुलो स्वरुप लिन्छ कि अग्निलाई साक्षी राखेर त्यो सात जन्म सम्म संगै बाच्ने मर्ने कसम खाएका जोडीहरु छुटिन बाध्य हुन्छन । झिना मसिना कुरामा कहिले कुरा आफ्नो र परिवारको स्वाभिमानमा समेत आउछ । पति-पत्नीको सम्बन्ध के कारणले बिग्रिन्छ :
१. बच्चाको कारण
श्रीमान श्रीमतिको बिचमा बच्चाको कारणले पनि मन मुटाब र सानो तिनो झगडा हुन्छ । यस्तो समयामा आमा बुवा वा घर परिवार तपाईबाट बच्चाको आशा राख्दछन ।
२. अर्काको कमजोरी खोज्नु
बिवाह भएको केहि दिनमै एकले अर्कोको कमी कमजोरीलाई खोज्न थाल्छन ।
३. समयको अभाव
प्राय धेरै जसो झगडा एक दोस्रोलाई समय दिन नसक्नुले हुन्छ । बिवाह हुनु भन्दा पहिले मानिशहरु जसरि नि भेट्ने विभिन्न बहाना खोज्छन भेटघाट गर्न मरिहत्ते गर्छन ।
४. महत्व नदिनु
धेरै जोडीहरु बिवाह पछी एक अर्कोलाई महत्व दिन छोडिदिन्छन। एक अर्काको कुरालाई ध्यान दिदैनन सुने नसुने जस्तो गर्छन । उनीहरुमा एकले अर्काको कुराको मूल्य घटाउछन वा सुन्दैनन् ।महत्वो दिनुस ।
५. नजरअन्दाज गर्नु
मानिशको स्वभाव जहिलै पनि आफ्नो कुरा मात्र ठिक र आफु मात्रै ठिक हु भन्ने खालको हुन्छ । आफ्नो कुरा मात्र ठिक हो भनेर आफ्नो जीवन साथिको कुरालाई गलत हो ठान्छन ।











