एजेन्सी । हामी हाम्रो दाँतलाई सफा र स्वास्थ्य राख्नको लागी दैनिक दाँत माझ्ने गर्छौं । दाँत माझ्नाले हाम्रो मुख पनि सफा रहने गर्छ । यसले हामीलाई स्वास्थ्य राख्न ठुलो मद्धत गर्छ ।
दाँत शरीरको एउटा यन्त्र नै हो । यसले शरीरलाई आवश्यक खाने कुरालाई एक प्रक्रियामा ढालेर पाचन प्रणालीमा पठाउँछ । हामी आफ्नो शरीरलाई सफा राख्न तिर मात्रा ध्यान दिन्छौं । तर हामीले प्रयोग गर्ने साधन कतिको उपयुक्त छ वा सफा छ कि छैन त्यति ख्याल गर्देनौं । दाँत माझेर मात्र हुदैन यदि हामीले प्रयोग गर्ने ब्रस सफा र ठिक छैन भने यसले हाम्रो दाँत र स्वास्थ्यलाई नै असर गर्छ ।
त्यसैले हामीले दाँत माझ्ने ब्रसको पनि सफाइमा ध्यान दिनुपर्छ । दाँत माझ्ने ब्रसमा विभिन्न किटाणुहरु लुकेका हुन्छन् । जुन ब्रस गर्ने क्रममा हाम्रो मुखमा पस्छन् र शरीरमा गएर संक्रमण गर्छ । विभिन्न अध्ययन र चिकित्सकका सुझावलाई आधार मान्दै हामीले यहाँ दाँत माझ्दा ध्यान दिनुपर्ने १० तरिका :
- बिहान बेलुकी खाना खाइसकेपछि ठुला साना सबैले राम्रो तरिकाले मिलाएर दाँत माझ्ने गर्नुपर्छ ।
- दाँत माझ्दा थोरैमा २ मिनेट र बढीमा ३ मिनेटसम्म मात्र माझ्ने ।
- हरेक ३–३ महिनामा ब्रश फेर्ने ।
- दाँत माझ्दा ब्रसले धेरै रगड्यो भने दाँतको इनामेल जान्छ ।
- मिनेटसम्म तलमाथि गरेर माझ्नु उपयुक्त मानिन्छ ।
- दाँत माझ्दा ब्रसले धेरै रगड्यो भने दाँतको इनामेल जान्छ ।
- दाँत माझ्दा सबै ब्रशलाई तलमाथि गरेर गर्ने ।
- हरेक ६–६ महिनामा दाँत परिक्षण गर्ने ।
- दाँतमा खाना अड्केमा विशेष किसिमको धागोले निकाल्ने गनुपर्छ ।
- गुलियो र टाँसिने खाना कम खानुका साथै खानेकुरा खानेबित्तिकै मुख कुल्ला गर्ने वा ब्रस गर्ने ।











