नियमित व्यायाम गर्नाले रोग प्रतिरोधक क्षमता बढ्ने गर्छ। व्यायामले दुवै शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।कोभिड १९ को महामारीका कारण सबैले आफ्नो प्रति रक्षा वृद्धि गर्नको लागि भनेर गुर्जाे र बेसार पानीको प्रयोग गरेको देख्न सकिन्छ ।
असल स्वास्थ्यको लागि व्यायामले मुटु, फोक्सो, हड्डी, मांसपेशीहरू र मेटाबोलिकलाई स्वस्थ बनाउन भूमिका खेल्छ । व्यायामले कैयौं नसर्ने रोगहरु स्ट्रोक, मधुमेह, दम र आस्तियोपोरोसिस जस्ता रोगहरूको संक्रमण रोक्न मद्दत गर्छ ।शरीरमा प्रतिरोध क्षमतामा स्वास्थ्य, निद्रा, पाचन र फिटनेसले धेरै प्रभाव पारेको हुन्छ ।
व्यायामले सिधा रोग प्रतिरोध क्षमता बढाउँदैन । तर अप्रत्यक्ष रूपमा नियमित व्यायाम गर्नाले तपाईंको स्वास्थ्यलाई फाइदा पुयाइरहेको हुन्छ । स्वास्थ्य राम्रो भएपछि निन्द्रा राम्रो लाग्छ, पाचन र मेटाबोलिजम सही हुन्छ, जसले रोग प्रतिरोध क्षमता पनि बढाउँछ ।
व्यायामले अतिरिक्त तपाईंको शरीरको सम्पूर्ण भागमा रगत सञ्चार पनि छिटो हुन्छ, त्यसकारण सबै अंगहरूले अक्सिजन र पोषणहरू खाना मार्फत शरीरबाट प्राप्त गर्दछन् । यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । त्यसैले समग्र व्यायाम राम्रो प्रतिरक्षाको लागि धेरै महत्वपूर्ण हुन्छ ।
चिसो मौसम नजिकिँदै जाँदा मानिसहरू पनि आफ्नो शरीरको बारेमा लापरवाह गरेको देखिन्छ। यस समयमा व्यक्तिहरू दौड उपयुक्त मान्दैनन् र बाँकी व्यायामहरू छोड्छन् पनि । जाडोको समयमा बिहान प्रदूषणको जोखिम पनि बढी हुन्छ । यस्तो अवस्थामा पनि व्यायाम गर्नु त आवश्यक छ ।यसैले जति धेरै शरीर भित्रबाट सुदृढ पार्नुपर्छ, उति बाहिरबाट पनि शरीरलाई सुदृढ पार्नु आवश्यक छ ।
जाडोको मौसम भनेको रोग बढ्ने मौसम हो, जसमा द्रुत गतिमा फ्लूले आक्रमण गर्ने गर्छन् । भित्रबाट बढ्दो प्रतिरक्षाको साथ बाहिरी हड्डीहरू र मांसपेशीहरू मजबुत हुने गर्छन् । तपाईंलाई व्यायामले हल्का र फिट महसुस गराउने गर्छ ।
मुटु, फोक्सो, हड्डी, मांसपेशीहरू र मेटाबोलिकलाई स्वस्थ बनाउन यस अवस्थामा व्यायामले हृदय रोगको सम्भावना कम गर्न मद्दत गर्छ । फोक्सोबाट ब्याक्टेरिया हटाउन मद्दत गर्छ । व्यायामले तपाईंलाई जाडोमा पनि फिट राख्छ र तपाईंलाई रोगबाट बचाउन मद्दत गर्छ ।








