काठमाडौँ । केरा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । हरेकदिन एक कोसा केरा खाने गर्नाले शरीर स्वस्थ रहन्छ भने स्फुुर्ती बढ्छ ।
पाचन क्रियामा सुधार देखि लिएर रक्तचाप सन्तुलन सम्मका फाइदा केराबाट प्राप्त गर्न सकिन्छ । विश्वभरका अनेकन अनुसन्धानरुले केरालाई सुपर हेल्दी फुड मानेका छन् ।
केरामा सुगर र फाइबर प्रशस्त पाइन्छ । त्यस्तै थाइमिन, नियासिन र फोलिक एसिडको रुपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । त्यसो त केरालाई उर्जा दिने स्रोतको रुपमा पनि हेरिन्छ । दिनहुँ केरा खानुका फाइदा यी हुन्:
१. केरामा पोटासियम पाइन्छ । जो उच्च रक्तचापका विरामीका लागि निकै फाइदाजनक हुन्छ ।
२. अत्यधिक रक्सी सेवनको कारण हुने हयांङओवर उतार्न केरा दुधमा मिसाएर खाँदा निकै फाइदा हुन्छ ।
३. केराको सेवनले पेटलाई सितलता प्रदान गर्छ ।
४. केराको सेवनले मधुमेहलाई समेत नियन्त्रण गर्छ ।
५. केरामा अत्यधिक फाइवर पाइन्छ
६. केराको सेवनले पाँचन प्रकृयालाई नियमित गराउन सहयोग पुग्छ ।
७. अल्सरका विरामकिा लावि केराको सेवन लाभदायी हुन्छ ,
८. केरामा आइरन भरपुर मात्रामा हुन्छ । जसका कारण रगतमा हेमोग्लोविनको मात्रा बढ्छ ।
९. तनाव क मगर्नका लागि पनि उपयोगी हुन्छ केरा
१०. केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुन्छ जसले हाम्रो मस्तिष्कको स्फूर्ति बढाउन मद्धत गर्छ ।
११. केरामा पर्याप्त मात्रामा फस्फोरस तत्व पाइन्छ । यसले दाँतलाई स्वस्थ राख्नुका साथै मुखका विभिन्न खाले रोगको खतरा कम गर्दछ ।
१२. केरामा पर्याप्त फाइबरका साथै पोटासियम, क्याल्सियम, भिटामिन सी तथा भिटामिन बी सिक्स पाइन्छ । नियमित रुपमा केरा खानाले मुटु स्वस्थ हुने तथा कोलेस्ट्रोल समेत नियन्त्रण हुन्छ ।
१२. केरामा पाइने क्यारोटिनोइड्सले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्दछ । त्यसैले नियमित केरा खानाले रुघाखोकी तथा अन्यखाले सक्रमणको जोखिम कम हुन्छ ।








