आइतबार सूर्य देवको व्रत कसरी गर्ने !

हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ।हिन्दू धर्मानुसार भगवान सूर्य देवलाइ एक मात्र साक्षातदेखिने देवताको रुपमा पुजा गरिन्छ।‘सूर्य देव‘को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने बिश्वास रही आएको छ।

पूजा गर्ने बिधि : आइतबारको दिन बिहान छिटै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने।  त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ। आइतवार व्रत बस्ने व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन , गुडहलको फूल, र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ ।

त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्:
१) प्रात: स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणा: प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्।।
२) ॐ : खखोल्काय शान्ताय करणत्रयहेतवे। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।।त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्।भूर्भुव: स्वस्त्वमोङ्कार: सर्वो रुद्र: सनातन:।।

माथि दिइएको मन्त्रको जप गरेर पूजा सकिए पश्चात आफ्नो निधारमा रातो चन्दन लगाउनुहोस् । यसो गर्दा सुर्य दोष नाश हुने भनाई छ।

[sidebar name="button post"]