तनहुँकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु

७ मंसिर, चितवन । तनहुँकी कोरोना संक्रमित एक जना महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।  तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनी कात्तिक २९ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।  सोही दिन कोरोना संक्रमण पुष्टि भएपछि कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि आइतबार बिहान ११ः१६ बजे उनको मृत्यु भएको  हाे । उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगले समेत पीडित थिइन् ।

[sidebar name="button post"]